यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री (सूचीसहित)

२०८१ असार ३१, सोमबार

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन् ।

त्यस्तै कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको छ । उनीहरूले पाउने मन्त्रालयको बारेमा अझै केही बताइएको छैन । शपथ ग्रहणको बेलासम्म पनि मन्त्रालय हेरफेर हुन सक्ने भएकाले अहिले नै सार्वजनिक नगरिएको एमालेका एक नेताले बताए ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार