सिन्धुपाल्चोकमा बाढीमा फसेका ९ जनाको सकुशल उद्धार

२०८१ असार ३१, सोमबार

काठमाडौँ : सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीको जोखिममा परेका ९ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ।

आज बिहान २ बजे आएको अविरल वर्षापछि बाह्रबिसे नगरपालिका- ३ खादलस्थित ठाडो खोलामा ठूलाे बाढी आएको थियो। त्यो बाढी बस्तीमा फस्दा जोखिममा परेका नौ जना स्थानीयकाे उद्धार गरिएको हो।

उनीहरुलाई सकुशल उद्धार गरी नेपाली सेनाको बाह्रबिसे सुरक्षा बेसमा राखिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार