नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपा सांसद गौतमको माग

२०८१ असार ३१, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताएकी छन्।

शुक्रबार २१ जना मन्त्रीहरूले शपथ लिएर पदभार ग्रहण गरेका छन्। शुक्रबार अपराह्न बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेकी सांसद गौतमले मन्त्रीहरूले नियमअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताइन्।

‘सुशासनका मुद्दामा हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। प्रारम्भमै सरकारबाट हामी के अपेक्षा गर्छौं भने, मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुस्। यो नियमअनुरूप नै हामीले गर्नुपर्ने हुन्छ,’ उनले भनिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार