ओलीको विश्वास नगर्नु भनेको प्रचण्डजीले मान्नुभएन : माधव नेपाल

२०८१ श्रावण १, मंगलवार

काठमाडौँ : समाजवादी मोर्चाले देश पश्चगमनतर्फ गएको निष्कर्ष निकालेको छ ।

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा झण्डै तीन घण्टा लामो बसेको बैठकले कांग्रेस–एमालेको समीकरणबाट प्रतिगमनको खतरा रहेको निष्कर्ष निकालेको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल मोर्चाबाट अलग भएपछि नेपाल समाजवादी पार्टी(नेसपा)का विद्रोही यादव समूहलाई भित्र्याइएको छ ।

बैठकमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो सुझाव प्रचण्डले नमान्दा परिस्थिति बिग्रिएको बताए । सरकारमा रहँदा महत्त्वपूर्ण राजनीतिक बैठकमा उपेक्षा गरेकोमा पनि उनले गुनासो पोखेका थिए । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीको विश्वास गर्दा समीकरण भत्किएको नेपालले बताएका थिए ।

‘प्रचण्डजीले ओलीलाई विश्वास गर्नु आफ्नो कमजोरी भएको स्वीकार गर्नुभयो । आफ्ना धारणा राख्ने क्रममा माधवजीले ओलीलाई विश्वास गर्नुहुँदैन जुनसुकै बेला धोका दिन सक्छन् भनेर आफूले पटक–पटक सुझाव दिँदा पनि प्रचण्डले नमानेको, सरकारमा रहँदा राजनीतिक छलफलमा आफूलाई बाइपास गरेकोमा गुनासो गर्नुभयो,’ सहभागी अर्का एक सदस्यले बताए ।

अब जे भए पनि संविधान संशोधन, भ्रष्टाचार, अनियमितताको विषयमा एकजुट भएर प्रतिवाद गर्नेमा सबै एकमत रहेको ती सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार