
काठमाडौँ : नेपालका लागि चिनियाँ राजदूत छन सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर बुधबार राजदूत छनले परराष्ट्रमन्त्री राणालाई बधाई दिएका हुन् ।
उक्त अवसरमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको विषय तथा सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ राजदूत छनका अनुसार उक्त अवसरमा अर्को वर्ष चीन र नेपाल बीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरलाई मनाउने विषयमा पनि छलफल भएको थियो ।