काठमाडौँ : मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भूक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्यूआर भूसक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे संगको सहकार्यमा यो सेवासुरु गरेको हो ।
यो सेवा सुचारु पश्चात भारतिय ग्राहकहरुले भिम (BHIM) र फोन–पे लगाएतका भारतिय भूक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भूक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । यस प्रकारको सेवाहरुले भारतिय पर्यटकलाई नगद बोक्ने झनझट नभई नेपाल र भारत बिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।