२८ महिनायताकै उच्च बिन्दुमा शेयर बजार, साढे १५ अर्ब बढीको कारोबार

२०८१ श्रावण ३, बिहीबार

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ ।

लगातार बढीरहेको नेप्से परिसूचक बिहीबार ५९.६८ अंकले बढेर २४२४ को बिन्दुमा अडिएको हो । जुन करिब २८ महिना यताकै उच्च हो । यसअघि २०७८ चैत १६ गते मात्रै अन्तिम पटक २४६४ को बिन्दुमा परिसूचक पुगेको थियो ।

आज बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ । यसअघि २०७८ भदौ ८ गते १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो ।

अघिल्लो दिन बुधबार मात्रै ५४ अंकले बढेको बजारमा १२ अर्ब ४३ लाख रुपैयाँको कारोबार भएको थियो । जुन करिब ३ वर्ष यताकै उच्च करोबार थियो ।

बिहीबार बजारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ ।

आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स लिमिटेड, अंखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्रिस्टार हाइड्रोपावर सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेका छन् ।

कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ४२ करोड ४६ लाख रुपैयाँको करोबारका साथ शीर्ष स्थानमा रहको छ ।

साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो ।

मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो भने बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार