चितवमा पोथी गैंडा मृत फेला

२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा मंगलबार दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो ।

मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए। उनले मृत गैँडाको शरीरमा चोटपट तथा घटनास्थलमा कुनै शङ्कास्पद वस्तु नभेटिएको हुँदा बुढो भएर कालगतीले मरेको हुनसक्ने बताए। निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उनले बताए ।

उनले भने, ‘हामीले सरसर्ती हेर्दा शरीरमा कुनै चोटपटक देखिएको छैन । बुढो भएर मरेको हुनसक्ने अनुमान गरेका छौँ । मृत्युबारे पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ ।’ यसबारे अन्य अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार