कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

२०८१ श्रावण ११, शुक्रबार

काठमाडौँ : कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए ।

मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने श्रेष्ठले जानकारी दिए ।

मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट विजयी भएका थिए । उनले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार