गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु

२०८१ श्रावण ११, शुक्रबार

बुटवल : गुल्मीमा निस्ती खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–२ निवासी ३१ वर्षका बोमबहादुर कार्कीलाई गत साउन ५ गते निस्ती खोलाले बगाएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडा नम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शङ्कर पोखरेलले बताए । उनी इस्मा गाउँपालिका–१ स्थित खेतबाट फर्किने क्रममा खोला तर्दा बगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार