मन्त्री पदबाट बाहिर निस्कँदा बेदाग निस्किनेछु : स्वास्थ्य मन्त्री थापा

२०८१ श्रावण १२, शनिबार

काठमाडौँ : बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले आफू कार्यकाल सकाएर  बाहिर निस्कँदा बेदाग निस्कने दाबी गरेका छन् । मन्त्री पदबाट बाहिर निस्कँदा कही कतै भ्रष्टाचार नगरी निष्कलङ्क बाहिर निस्कने दाबी गरेका हुन्।

शनिबार नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमका बोल्दै मन्त्री थापाले मन्त्री बन्नु नै भ्रष्टाचार गरेर पैसा कमाउनु हो भन्ने परिरहेका बेला आफू कुनै व्यक्तिगत स्वार्थमा नरुमलिने बताए ।

‘पार्टीगत, क्षेत्रगत वा अन्य कुनै पनि हिसाबले पनि म पक्षपातपूर्ण काम गर्दिनँ,’ उनले भने,‘यो मेरो मान्छे हो, यो मेरो भोटर हो, यो होइन कुनै हिसावले पनि पक्षपात गरिँदैन, बरु सबैलाई सकेको सहयोग गर्छु ।’एमालेको कोटाबाट प्रदेश मन्त्री बनेका थापा भक्तपुर एमालेका उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार