काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्दा चेन अफ कमाण्डको पालना नगरेको आरोपमा डिआइजी मनोज केसीको सरुवा भएको छ ।
बिशेष ब्यूरोमा कार्यरत डिआइजी केसीलाई प्रहरी एकेडेमीमा पठाइएको छ । ब्यूरोमा डिआइजी राजन अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार झा र थापालाई ब्यूरोकै पहलमा भारतबाट पक्राउ गरी ल्याइएको थियो । तर, त्यसबारे उनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई ब्रिफिङ गरेका थिएनन् ।
सोही कारण उनलाई सरुवा गरिएको बताइएको छ ।