प्रहरी हिरासतमा एकजनाको मृत्यु

२०८१ श्रावण १३, आईतवार

काठमाडौँ : पाकिस्तानमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ।

पाकिस्तानको पञ्जाब प्रान्तस्थित वेहारी जिल्लामा रहेको गागो प्रहरी हिरासतमा मुरातिब नाम गरेका व्यक्तिको मृत्यु भएको पाकिस्ताबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । मृतकका बुवा मुहम्मद अजमलले प्रहरीले लगातार तीन दिनसम्म यातना दिएपछि छोराको मृत्यु भएको आरोप लगाएका छन् । प्रहरीले उनलाई चोरी गरेको आरोपमा हिरासतमा लिएको जनाएको छ ।

यद्यपि प्रहरीका एसपी फारुख कमियानले नुहाउने क्रममा मुरातिब ढलेको र उनलाई जिल्ला अस्पताल लगिएको भएपनि बचाउन नसकेको प्रष्टीकरण दिएका छन् । उनले प्रहरीले सीसीटीभी रेकर्डका आधारमा अनुसन्धान गर्ने पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार