रवि लामिछानेलाई सहकारी छानबिन समितिले सोधपुछ गर्ने

२०८१ श्रावण १५, मंगलवार

काठमाडौँ : सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ ।

लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

उनले कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको बताए । ‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका भने होइनौँ’, थापाको भनाइ छ ।

लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ । लामिछानेलाई सोधपुछ गर्ने भनिए पनि समय तय भैनसकेको समितिका एक सदस्यले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार