आज राति भारी वर्षाको सम्भावना

२०८१ श्रावण १५, मंगलवार

 काठमाडौँ : हाल मौसम देशभर आंशिकदेखि साधारणतया बदली छ।

बागमती प्रदेशका थोरै स्थान तथा कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति मौसम देशभर साधारणतया बदली रहने छ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1

ताजा समाचार