मोटरसाइकल र कार एक अपासमा ठोक्किदा सिपाहीको मृत्यु, एकजना घाइते

२०८१ श्रावण १६, बुधबार

चितवन : चितवनमा सवारी दुघर्टना हुँदा विपत् व्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत एकजना सिपाहीको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर-१ पोखरा बसपार्क स्थित स्वामी चोक नजिक मंगलवार साँझ ७: ३० बजेको समयमा रामनगर तर्फ जाँदै गरेको बा।प्र।०१-०२८च ३२८९ नम्बरको कारमा विपरित दिशाबाट आउँदै गरेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल डोक्किदा मोटरसाइकलमा सवार सिपाहीको मृत्यु भएको हो।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका १२ बस्ने २७ वर्षीय निगम नेपाली सार्की रहेका छन्। त्यस्तै उनीसँगै मोटरसाइकलमा सवार तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय दिनेश थापा गम्भिर घाईते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भीर घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएकोमा सार्कीको उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई छेउमा रहेको पर्खालमा ठोकिन पुगेको थियो। कार चालक धादिङको धुनिबेसी नगरपालिका ७ बस्ने ४२ वर्षीय राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार