ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

२०८१ श्रावण २२, मंगलवार

काठमाडौँ : कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ ।

एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो । २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा आठ हजार ९६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३२६ जनाले परीक्षा दिएका थिए । तीमध्ये १३.५ प्रतिशत मात्रै पास भएका हुन् । परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन भरेका थिए । पास भएकाहरुको सूची एचआरडी कोरियाले सोमबार वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको हो ।

पास भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे जानकारी पछि दिइने ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ । कोरियाले गत मंसिरमा १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको थियो । त्यसका लागि पहिलो एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसका सीपविल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरुले आवेदन दिन नपाएको भन्दै आन्दोलन गरेका थिए ।

त्यही बेला प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । अदालतले समेत इच्छुक सबैलाई आवेदन फाराम भर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो । अदालतको आदेश र दुई जनाको मृत्युपछि सीपविल्डिङ क्षेत्रका लागि समेत आवेदन आह्वान गरेको थियो । त्यसपछि थपिएर आवेदन दिनेहरुको संख्या एक लाख ६३ हजार ६३५ पुगेको थियो । आवेदनको संख्या निकै बढी भएपछि एचआरडी कोरियाले तीन चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ ।

यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरेको थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । भने ६ हजार ३२१ जना मात्रै पास भएका थिए । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ । जसमा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार