घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन

२०८१ श्रावण २७, आईतवार

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

सरकारले घिसिङलाई हटाउने षड्यन्त्र सुरु गरेको भन्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा केही युवाहरूलाई प्रहरीले पक्राउ समेत गरेको छ। सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको प्रदर्शनकारीले बताएका छन्।

डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल बक्यौता विवादका कारण अहिले सरकार र प्राधिकरणबीच दूरी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0

ताजा समाचार