मकवानपुरमा बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष मृत फेला

२०८१ श्रावण २७, आईतवार

काठमाडौं : मकवानपुरमा एक जना पुरूष खोलामा मृत फेला परेका छन्। आइतबार मध्यान्ह सवा १२ बजे बकैया गाउँपालिका-५ पावसस्थित सिमात्त खोलामा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

मृतकको सुरूमा पहिचान खुलेको थिएन। प्रहरीको टोली पुगेर अनुसन्धान गरेसँगै मृतकको पहिचान खुलेको हो। मृतक बकैया-५ राजदमार बस्ने अन्दाजी ६० वर्षीय आशाकाजी दोङ छन्। उनकी छोरी शान्ति लामाले सनाखत गरेकी हुन्।

प्रहरीका अनुसार मृतक दोङ शनिबार बिहान १० बजेदेखि बेपत्ता थिए। उनी बैंकमा पैसा लिन जाने भनेर हिँडेको प्रहरीले जनाएको छ। मृतकको घरबाट अन्दाजी दुई किलोमिटर टाढा उनको शव फेला परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार