चाँदबाग स्कुल सात दिनभित्र खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम

२०८१ श्रावण २८, सोमबार

काठमाडौँ : काठमाडौं, बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले  थप सात दिनको समय दिएको छ ।

सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । दुई दिनभित्र खाली गराउन भनेर पुगे पनि समय थप गरिएपछि त्यहाँबाट फर्किएको महानगर प्रहरी बलका नगर उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । महानगरपालिका प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले विद्यालय सञ्चालकबाट जग्गा खाली गराउन समय थपको माग गरेपछि महानगरले सात दिनको समय थप दिएको बताए ।

‘हामीले २ दिनभित्र जग्गा खाली गराउन भनेको हो। तर खाली गराउनका लागि थप समय माग भएको छ,’ उनले भने, ‘अब अधिकतम सात दिनभित्र फिर्ता गर्न भनिएको छ । सात दिनपछाडि फिर्ता नगरे ताला लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार