काठमाडौँ : सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार परिसूचक ६.१८ अङ्कले घटेर २ हजार ९ सय २३ दशमलव ४६ को विन्दुमा पुगेको छ ।
यो अघिल्लो दिनको तुलनामा ० दशमलव २७ प्रतिशतले घटि हो। मंगलबार तीन सय ३२ कम्पनीको कारोबार भएको छ । मंगलबार तीन सय ३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता शेयर २ लाख ४१ हजार ६६५ पटक खरिद बिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३ बराबरको कारोबार भएको छ।