बिजुलीको बक्यौता एक रुपैयाँ पनि छोड्नुहुन्न : गगन थापा

२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताए । उनले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताए ।

‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ’, उनले भने, ‘तर कतिपयले संविधान संशोधन गरेर प्रतिगमन वा पछाडि फर्कन लागेको हो ? भनेर प्रश्न गरिने गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार