काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुई दलीय शासन व्यवस्था स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिको नियतमा प्रश्न उठाए ।
उनले भने, ‘प्रधानमन्त्री यहाँ भइदिएको भए कस्तो राम्रो हुन्थ्यो । उहाँले यहाँ संविधान संशोधनको कुरा गर्नुभयो । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन व्यवस्था नेपालमा आउन सक्दैन । आउन हामी दिँदैनौं । बहुदलीय व्यवस्था हामीले ल्याएका हौं । यही रहन्छ । कमीकमजोरीलाई सुधारेर जान सकिन्छ ।’





