हेटौंडा : बागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले भदौ ४ मा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार गाईजात्रा प्रदेशमा मनाइने महत्त्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ऐन अनुसार गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था रहेको उनले बताए ।





