विराटनगरको बाल सुधारगृहबाट दुई बालक फरार

२०८१ भाद्र ४, मंगलवार

विराटनगर : विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्।

जिल्ला अदालत मोरङको फैसलापछि सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो तारबार नाघेर भागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनीहरुको खोजि भइरहेको पनि बस्नेतले बताए।

एकजना कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक हुन्। दुवैजना १८ वर्ष भन्दा कम भएकाले बाल सुधार गृहमा राखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार