शिक्षकमाथि कुटपिट गर्नेलाई कारबहीको माग गर्दै विरोध

२०८१ भाद्र ५, बुधबार

ताप्लेजुङ : ताप्लेजुङमा एकजना शिक्षकमागि कुटपिट भएको विरोध गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शिक्षकहरुले विरोध जनाएका छन्।

पाथीभरा याङवरक गाउँपालिका वडा नं ६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयका शिक्षक खेमनाथ घिमिरेमाथि केही स्थानीयद्धारा सांघातिक आक्रमण भएको भन्दै शिक्षक संघ र संगठनले विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेका छन्। नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनको पाथीभरा याङवरक गाउँपालिका समितिले विद्यालय जाने क्रममा स्थानीय केही व्यक्तिद्धारा शिक्षक घिमिरेमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याउग माग गरिएको छ।

नेपाल शिक्षक संघको गाउँपालिका समिति अध्यक्ष दिवस कार्की तथा सचिव टीका न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमाा शिक्षक घिमिरेमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी दाहेरामा नल्याए संघर्षमा उत्रने चेतावनी दिइएको छ। यस्तै, नेपाल राष्ट्रि शिक्षक संगठनको गाउँपालिका कमिटी अध्यक्ष गणेश भण्डारी तथा सचिव टेकेन्द्र रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक घिमिरेमाथि ज्यान मार्ने उद्देश्यसहित सांघातिक आक्रमण गरिएको आक्रमणमा संलग्नलाई कारवाहीको दाहरामा ल्याउन प्रशासनलाई २४ घण्टाको समयावधि दिइएको छ।

शिक्षक संघ संगठनले घिमिरे माथि स्थानीय रमेश भण्डारी र निजकी श्रीमति मेनुका भण्डारीबाट विद्यालय जाँदै गरेको अवस्थामा सांघातिक आक्रमण भएको दावी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार