इनार सफा गर्दा डुबेर दुई जनाको मृत्यु

२०८१ भाद्र ६, बिहीबार

दाङ : दाङको तुलसीपुरमा इनार सफाई गर्दा डुबेर दुई जनाको मृत्यु भएको छ ।

बुधबार तुलसीपुर उपमहानगरपालिका–१३, दमार गाउँका ३८ वर्षीय यामबहादुर नेपाली र १७ वर्षीय मुकेश विक स्थानीय दुर्गा विकको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

इनारबाट उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार