सशस्त्र प्रहरीका ११ जना जवान र एक जना सहायक हबल्दार बेपत्ता

२०८१ भाद्र ७, शुक्रबार

काठमाडौं : सशस्त्र प्रहरी बलमा कार्यरत ११ जना जवान र एक जना सहायक हबल्दार ‘बेपत्ता’ भएका छन् ।

आफूखुसी लाइन ब्यारेक छाडी भागेर बेपत्ता भएको भन्दै बाटोको म्याद बाहेक सात दिनभित्र आफू कार्यरत कार्यालयमा मनासिव कारणसहित उपस्थित हुन पनि उनीहरुलाई सशस्त्र मुख्यालयले भनेको छ । अन्यथा सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधितसहित) बमोजिम कारबाही हुने पनि सशस्त्र मुख्यालयले जनाएको छ ।

बेपत्ता हुने सशस्त्र प्रहरी जवानमा टेकराज अवस्थी, सन्जुमाया थिङ, अमित साउद, सन्दीपप्रसाद यादव, लालबहादुर श्रेष्ठ, रामशरण विक, दलबहादुर बस्नेत, विनोद थापा, सुब्बा गुरुङ, अनुषा थापा र अभिषेक तामाङ तथा सशस्त्र प्रहरी सहायक हबल्दार दिनेश थारु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार