हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव छैन : माधव नेपाल

२०८१ भाद्र ९, आईतवार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन् ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) अपारदर्शी ढङ्गले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरूको सहभागिता विना सम्भव नरहेको दाबी गरेका हुन् । आइतबार काठमाडौँमा भएको पार्टीको केन्द्रीय कमिटी प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी नभएका दलहरूको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे । हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो ।

उनले संविधान संशोधन गर्ने सत्तारुढ कांग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफै सन्देहस्पद रहेको पनि दोहोर्‍याए । उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे । उनले भने, ‘‘विगत २०७२ सालदेखि अहिले २०८१ सालसम्म नौ वर्षको समीक्षा गरौं । पुराना संविधानको प्रावधानलाई पनि समीक्षा गरौं । संसारको अरू देशको संविधानलाई पनि हेरौं । हाम्रो अनुभव र व्यवहारलाई पनि हेरौं । यस आधारमा कहाँ कहाँ सुधारको आवश्यकता छ ? सुधार आवश्यक छैन होइन, जरुरी छ ।

तर सुधार गर्दाखेरी समग्र पक्षलाई नसोची गर्दाखेरी समस्यामा परिन्छ । त्यसो हुनाले त्यसलाई जुन हिसाबले अगाडि बढाउन खोजिएको छ । त्यो बडो सन्देशस्पद छ । फेरि दुई पार्टी परिपाटीको कुरा पनि सारिएको छ । त्यो नेपालमा सम्भव छैन ।’ अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार