काठमाडौं : देशका केही स्थानमा सोमबार दिउँसो मध्यमदेखि भारी वर्षा भएको छ । काठमाडौंमा पनि केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
काठमाडौंका धाप ड्याम, साँखु, सुन्दरीजल, कपन र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । वर्षासँगै विभिन्न खोलामा पानीको बहाव बढ्ने भएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।