एकीकृत समाजवादीको पदाधिकारीमा जुटेन सहमति

२०८१ भाद्र १०, सोमबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी छान्न चुनाव गर्ने तयारी गरिएको छ । सर्वसम्मतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव गर्ने तयारी गरिएको हो ।

एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले सहमति जुट्न नसकेकाले चुनावी प्रक्रियामा जाने तयारी भएको बताए । “सहमति हुन सकेन । अब पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनावी प्रक्रियामा जाने कुरा भयो,” उनले भने ।

निर्वाचन समितिका प्रमुख माधव पौडेलले निर्वाचन प्रक्रिया भोलिबाट सुरु हुने बताए । “सहमतिका लागि प्रयास त भइहाल्छ,” उनी भन्छन्, “छलफल भइरहेको छ । भोलिबाट चुनावी प्रक्रिया सुरु हुन्छ ।”

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारीका लागि चुनाव हुन लागेको हो ।

गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । त्यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार