नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए : प्रधानमन्त्री ओली

२०८१ भाद्र १०, सोमबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् । सोमबार काठमाडौँको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताए । उनले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताए । उनले नेपालीपन र नेपाली संस्कृतिलाई बढवा दिन युवाहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको बताए । उनले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने जिकिर गरे । उनले नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने बताए ।

उनले भने, ‘गौरा पर्व हामी हर्षोल्लासपूर्वक मनाइरहेका छौँ । यस्ता चाड पर्वहरू जसले नेपालको परिचय दिएका छन् । पहिचान दिएका छन् । नेपालको आफ्नो पन देखाएका छन् । यस्ता चाडहरूको निरन्तरता यहाँहरूले दिइरहनु पर्छ ।’

प्रधानमन्त्री ओलीले गौरालगायत पर्वहरूले नेपालको पहिचान दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार