विराटनगर : विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले भोलि प्रदेश भरि सार्वजनिक विदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ । विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ वटै जिल्लामा बिदा दिएको हो ।
विराटनगरको रथयात्रामा हजारौंको सहभागिता हुन्छ । विराटनगर महानगरपालिका– १ स्थीति राधाकृष्ण मन्दिरबाट विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्रा सुरु भएको थियो, २०२५ सालबाट रथयात्रा निकाल्न थालिएको थियो ।