काठमाडौं : कृष्णजन्माष्टमीको मूर्ति सेलाउने क्रममा बुधबार सप्तरीमा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका-१ का १८ वर्षीय रोमन धामी रहेको प्रहरीले जनाएको छ ।
फत्तेपुरस्थित त्रियुगा नदीमा मूर्ति सेलाउने क्रममा डुबेका धामीलाई उद्धार गरी उपचारका लागि धरान लगिएकोमा उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।





