पुराना दललाई रास्वपा सांसदको सुझाव: लडाइ सडकमा लड्नुस्, सदनमा होइन

२०८१ भाद्र १२, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद चन्दा कार्की भण्डारीले पुराना दलहरुलाई सदनमा लडाई लड्ने भन्दा नि सडकमा गएर लड्न सुझाव दिएकी छिन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद भण्डारीले सदनमा काम भन्दा नि दलीय द्वन्द्वमा समय बितिरहेकोले सभामुखको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘हामी नयाँ सांसद देहलाई केही गरौँ भनेर आएका छौँ। यो सदनमा नीति निर्माणको बहस होस् भन्ने चाहान्छौं। यहाँ दलीय द्वन्द्वमा समय बितिरहेको छ। यो कुरामा सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु। यस्ता लडाइहरू सडकमा लडौँ सदनमा राम्रो काम गरौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार