बाँके बस दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

२०८१ भाद्र १३, बिहीबार

बाँके : बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

गम्भीर घाइते भएका दाङ जिल्लाको घोराहीका ३० वर्षीय विमल राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए । यसअघि दुर्घटनामा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो ।दाङको तुलसीपुरदेखि नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर नेपालगञ्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ ।

दुर्घटनामा घाइते २६ जनाको नेपालगञ्ज र कोहलपुरमा उपचार भइरहेको छ । तीमध्ये भेरी अस्पतालमा २१ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार