भारतमा नेपाली तीर्थालु सवार बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

२०८१ भाद्र १४, शुक्रबार

काठमाडौं : ६ दिनअघि भारतको समस्तीपुरमा भएको नेपाली तीर्थालु सवार बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । बारागढी गाउँपालिका–३ मुर्कीपालिया गाउँका ६२ वर्षीय किशोरीराम महरा चमारको उपचारको क्रममा पटनामा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मुर्कीपालिया गाउँका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अमित कार्कीका अनुसार किशोरीको समस्तीपुरमा उपचार हुन नसकी थप उपचारका लागि ‘रेफर’ भई पटनास्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । किशोरीसँगै उनकी पत्नी रामपति र नातिनी सुजितासमेत घाइते भएकी थिइन् । दुवै जना घाइते उपचारपछि निको भएका छन् । उनीहरू किशोरीको शव लिएर नेपाल फर्किने क्रममा रहेको स्थानीय पूर्वशिक्षक महेन्द्र साह कानुले बताए ।

बारागढी गाउँपालिका–३ मुर्कीपालिया गाउँका तीर्थालु बोकेको बस आइतबार बिहारको समस्तीपुरको मुसरीघरारी चोकमा ट्रकले ठक्कर दिँदा पल्टिएको थियो । दुर्घटनामा बसका चालक–सहचालकसहित सवार ४७ जना घाइते भएका थिए । केही उपचारपछि घर फर्किइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार