काठमाडौं : रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामासहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो ।
सिफारिस मध्येबाट लामालाई नियुक्त गरिएको हो।