काठमाडौं : काठमाडौंको नक्सालमा रहेको टेस्लाको सोरुमस्थित चार्जिङ स्टेसनमा आगलागी भएको छ।
प्रहरीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको हो। शुक्रबार मध्याह्नमा आगलागी भएको र दमकल र सुरक्षा अधिकारीको सहयोगमा नियन्त्रणमा आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ।