गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई

२०८१ भाद्र २१, शुक्रबार

काठमाडौँ : गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रूपमा रहेका दुवाडीलाई बिहीबार साँझ बसेको मन्त्रिपरषद् बैठकले गृहमा सरुवा गरेको हो ।​ दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरिएको एक मन्त्रीले हाम्रोदेशलाई जानकारी दिए । एकनारायण अर्याल मुख्यसचिव बनेपछि गृह मन्त्रालयको सचिव एक हप्तादेखि रिक्त थियो ।

निर्वाचन आयोगमा समेत सचिवको रूपमा काम गरेका दुवाडीसँग मधेश प्रदेशको प्रमुख सचिवको रूपमा समेत काम गरेको अनुभव छ । उनी सहसचिव हुँदा सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार