इराकमा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली

२०८१ भाद्र २१, शुक्रबार

काठमाडौँ : इराकस्थित संयुक्त राष्ट्रसंघीय गार्ड युनिट तेह्रौँ डफ्फा सहभागी हुनका लागि सहसेनानी मोहन सलामी मगरको नेतृत्वमा १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी बाह्रौँ डफ्फामा कार्यरत १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली सेनानी टिकासिंह विष्टको नेतृत्वमा आजै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन् ।

PN-UNAMI Mission, Iraq मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार