गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ भाद्र २१, शुक्रबार

हेटौंडा : मकवानपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबार अपराह्न सवा ५ बजे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ राप्‍तिपुलस्‍थित पूर्वपश्चित सडकखण्डमा बा.प्र.०३-००१ ज ०२५७ नम्बरको गाडीले ना १५ प ४१५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २६ वर्षीय श्रीराम परियारको टाउ र खुट्टामा चोट लागेको थियो।

गम्भीर घाइते भएका उनको उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। उपचारको क्रममा पौने ६ बजे उनको मृत्‍यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार