काठमाडौं : पोखराबाट काठमाडौंका लागि उड्ने अन्तिम तयारीमा रहेको बुद्ध एयरको विमानमा समस्या आएपछि रनवेबाटै फर्काइएको छ ।
बुद्ध एयरको U4 616 को जहाज दिउँसो १ बजे पोखरा विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा थियो । उडानका लागि हाई स्पीड लिइसकेपछि नै झ्याप्प ब्रेक लिएर रनवेमै रोकिएको हो ।उक्त जहाजमा सवार रहेका लोकगायक विष्णु खत्रीले विमानको ईन्जिनमा समस्या आएपछि रोकिएको जानकारी गराएको बताए ।
उनले सामाजिक सञ्जालमा लेख्दै आफूहरुलाई त्यस विमानबाट ओरालेर अर्को विमानमा लैजाने भन्दै यात्रु पर्खाइ कक्षमा राखिएको बताए ।