ललितपुरको धापाखेलमा ३५ वर्षीया महिला मृत फेला,उनकै श्रीमान पक्राउ

२०८१ भाद्र २५, मंगलवार

काठमाडौँ : प्रहरीले ललितपुरको धापाखेलबाट पत्नी हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। यही भदौ १२ गते राति खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका – ७ घर भइ ललितपुर महानगरपलिका – २४ धापाखेल नखुडोल बस्दै आएकी ३५ वर्षीया शशिकला राई मृत फेला परेकी थिइन्।

शशिकला आफ्नै बेडमा मृत अबस्थामा फेला परेको भनी मृतकका आफन्तले प्रहरीलाई साेही राति खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको सम्बन्धमा सुक्ष्म अनुसन्धान गर्दै जाँदा निजकै श्रीमान वर्ष ३३ को भक्तिराज राईले कर्तब्य गरि शशिकलाको हत्या गरेको खुलेको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले  जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार