धनुषामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

२०८१ भाद्र २५, मंगलवार

काठमाडौँ : धनुषामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-७ दुर्गा टोलकी ७ वर्षीया रचना यादव रहेकी छिन्।

बुधबार बिहान साढे ९ बजेतिर महेन्द्रनगर धनुषाधाम सडक खण्डमा घर नजिकै बाटोमा मोटरसाइकलले ठक्कर दिँदा घटना स्थलमै बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दियो ।

घटना लगतै ठक्कर दिने मोटरसाइकलसहित चालक फरार भएका छन्। चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार