पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८१ भाद्र २७, बिहीबार

बझाङ : बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान पाँच बजेदेखि तमैल बजारनजिकै जालेबगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका छन्। जसमा बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू ठप्प छन्।

सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो खस्न नरोकिँदा खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार