काठमाडाैं : पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जितेका छन् ।
फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पार्दै रोहितले अवार्ड जितेका हुन् । रोहितको कमानीमा रहेको नेपाली क्रिकेट टिमले यही वर्ष अमेरिका र वेष्टइन्डिजमा आयोजना भएको टी-२० विश्वकप क्रिकेट खेलेको थियो । उनकै कमानीमा नेपाल एसिया कपमा समेत सहभागी भएको थियो ।
लिग २ खेल्न रोहित राष्ट्रिय क्रिकेट टिमसँगै अमेरिकामा रहेकाले उनको अवार्ड भने आमा र दाइले ग्रहण गरेका थिए ।





