छुरा प्रहार गरी प्रेमिकाको हत्या

२०८१ भाद्र २९, शनिबार

झापा : झापाको अर्जुनधारा नगरपालिका ६  बिर्तामोड शनिश्चरे रोडस्थित  महानन्द चोकमा शुक्रवार साँझ ६ बजेर ४० मिनेटमा  एक युवकले लगातार छुरा प्रहार गर्दा सूर्योदय नगरपालिका १० फिक्कल घरभई हाल बिर्तामोडमा रहँदै आएकी १९  बर्षीया मनीषा लोहारको  मृत्यु भएको  छ ।

कैलाली गौरीगङ्गा नगरपालिका ३ बस्ने २० बर्षीय अनिल विकले युवतीलाई छुरा प्रहार गरेको थियो । उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहार गर्ने ती युवा पक्राउ गरेको छ । प्रेम सम्बन्धमा आएको दरारका कारण युवतीमाथि छुरा प्रहार भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार