काठमाडौँ : सरकारले विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा कार्यरत ४० सहसचिवहरुको सरुवा गरेको छ ।
सरुवा भएकाहरुमा केहीलाई केन्द्रबाट प्रदेशमा पठाइएको छ भने केहीलाई प्रदेशबाट केन्द्रमा ल्याइएको छ । कतिपयलाई एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गरिएको छ ।