काठमाडौं : पेट्रोलको मूल्य ४ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रूपैयाँले घटेको छ ।
नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरि तेलको भाउ घटाएको हो । नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रूपैया र डिजेल/मट्टीतेलको १४९ रूपैयाँ कायम भएको छ । अब काठमाडौंमा पेट्रोल १ सय ५९ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेल १ सय ४९ रुपैयाँ पर्नेछ ।
अन्य इन्धनको भाउ भने यथावत छ ।






